News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध भएको थियो।
- कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देश देखिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए।
- लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताए।
२ भदौ, काठमाडौं । एनसेलबाट नेपाल टेलिकम (एनटीसी) को नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध उत्पन्न भयो ।
एनसेलबाट एनटीसीमा कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देशसहित फोन सम्पर्क हुने समस्या देखियो।
यो समस्याका कारण केही समय सेवाग्राहीहरू प्रभावित भएका थिए ।
अहिले उक्त समस्या पूर्ण रूपमा समाधान भइसकेको छ । नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।
‘हाम्रो प्राविधिक टोलीले कारण पत्ता लगाउँदै छ । अघि १० मिनेट चाहिँ अवरोध भएको थियो,‘ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4