News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ।
- कांग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई उन्नत बनाउन संविधान संशोधनका लागि पहलकदमी कायम राख्ने बताएको छ।
- कांग्रेसले संविधान संशोधनमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र जनमत प्रतिबिम्बित हुनुपर्ने तथा सर्वपक्षीय संवाद आवश्यक भएको बताएको छ。
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संसोधन सुझाव आयोग गठन गर्न माग गरेको हो ।
कांग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहलकदमी र अग्रसरता क़ायम राख्ने पनि बताएको छ ।
संविधान गतिशील दस्तावेज भएको र बदलिँदो आवश्यकताअनुरूप संशोधन पनि हुने भन्दै कांग्रेसले संविधान संशोधनजस्तो गम्भीर विषयमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनु पर्ने पनि बताएको छ ।
‘विधिको शासन, समावेशीता र मानवाधिकार संविधानका आधारभूत मान्यता हुन् । यसलाई संकुचित गर्ने गरी कुनै संशोधन हुन सक्दैन,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘संविधान संशोधनको वैधानिक प्रकृया संसदको क्षेत्राधिकारभित्र पर्दछ तर यसको संशोधनमा जनमत समेत प्रतिबिम्वित हुनु पर्दछ । यसका लागि सर्वपक्षीय राजनीतिक संवाद र सहभागिता हुनु जरुरी छ ।’
प्रतिक्रिया 4