+
+
Shares

एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावहरूको आधारमा प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
  • पार्टीको उपसमितिले संघीय लोकतान्त्रिक गणतन्त्र र शासन प्रणालीलाई सुदृढ बनाउन आवश्यक सुझाव संकलन गर्ने काम सुरु गरेको छ ।
  • अग्निप्रसाद खरेलको संयोजकत्वमा बसेको बैठकले तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनको प्रस्ताव तयार गर्ने सहमति गरेको छ ।

६ साउन, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने भएको छ ।

एमालेले संविधान संशोधन सुझाव कार्यदल गठन गरेर यसमा काम गरिरहेको छ ।

संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो ।

उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि प्राप्त सुझाव आधारमा प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।

संविधान संशोधन सुझाव कार्यदलका सदस्य सचिव महेश बर्तौलाले यसबाबारे जानकारी दिएका हुन् ।

उनका अनुसार बुधबार ‘संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा  छलफल भएको’ हो ।

यसका साथै बैठकमा संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा पनि छलफल भएको छ ।

संविधान संशोधनका लागि आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र , नागरिक समाज तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया सम्बन्धमा पनि छलफल भएको छ ।

बुधबारको छलफलमा उपसमितिका संयोजक खरेल,  सदस्य सचिव बर्तौला सहित रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा र विज्ञ को रूपमा पुर्वकानुन मन्त्री माधवप्रसाद पौडेल उपस्थित थिए ।

सदस्य सचिव बर्तौलाका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र र बिद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढीकरण  गर्नका लागि संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने काम भइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?