+
+
Shares

एमाले नेताको ब्रिफिङ : कोशीमा मध्यावधिको सम्भावना छ  

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका एमाले प्रमुख सचेतक रमेशकुमार बस्नेतले प्रदेश सरकार परिवर्तन गर्दा मध्यावधि निर्वाचनको अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।
  • बस्नेतले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको सरकारमा ह्विप नलाग्ने भएकाले सचेत भई निर्णय लिन नेतृत्वलाई आग्रह गर्नुभयो ।
  • अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूको उपस्थितिमा बस्नेतले कोशीको विशिष्ट अवस्थाका कारण सरकार फेर्न सहज नभएको ब्रिफिङ गर्नुभयो ।

३ असार, काठमाडौं । नेकपा एमाले कोशीका प्रमुख सचेतक रमेशकुमार बस्नेतले प्रदेश सरकार परिवर्तनको निर्णयले मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

च्यासलमा आयोजित एक कार्यक्रममा बस्नेतले कोशी प्रदेश सभाको अवस्था अन्यत्रसँग मिल्दो नरहेको ब्रिफिङ गरेका छन् ।

एमालेका संघीय सांसदहरू, प्रदेश संसदीय नेताका नेताहरू र पार्टीका विभागीय प्रमुखहरूसँग अन्तरक्रिया राखेको थियो ।

उक्त अन्तरक्रियामा भाग लिन आएका बस्नेतले कोशीमा उपधारा ५ बमोजिमको सरकार रहेको सम्झना नेताहरूलाई गराए ।

अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरू रहेको अन्तरक्रियामा उनले प्रदेश सरकार फेर्ने कुरामा ध्यान पुर्याउन आग्रह गरे ।

‘संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार कोशीमा छ । यो उपधारा बमोजिम सरकार बनाउँदा ह्विप नलाग्ने र कारबाही गर्न नमिल्ने आदेश दिएको छ,’ उनले भनेका छन्, ‘एमाले सरकारमा रहिरहनुपर्छ भन्ने मेरो मत होइन । तर सरकार फेर्दा यसतर्फ ध्यान दिनुपर्छ ।’

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ जना छन् । त्यस मध्ये एमालेसँग ४०, नेपाली कांग्रेससँग २९, नेपली कम्युनिस्ट पार्टीसँग १७, राप्रपासँग ४ र जसपा नेपालसँग एक सिट छ । कोशीमा एमाले बाहेकको सरकार बनाउन सजिलो छैन ।

यसअघि एमाले बाहेकको सरकार बनाउने प्रयत्न हुँदा उपधारा ५ को अभ्यास गर्नुपर्ने अवस्था आएको थियो । ‘प्रदेशमा मध्यावधिमा जाने हो भने त्यसै अनुसार होला, नत्र ध्यान दिएर निर्णय गर्नु उचित हुन्छ,’ बस्नेतले भनेका छन् ।

कांग्रेसले एमालेसँग प्रदेश सरकारहरूमा गर्दै आएको सहकार्य तोड्ने निर्णय गरेपछि दलहरूबीच सघन छलफल चलिरहेको छ । एमाले र कांग्रेस दुवैले नेकपासँग सत्ता सहकार्यबारे छलफल गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?