+
+
Shares

ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं, धक्काबाट उठ्छौं

‘अलिकति खस्किएको अवस्था छ । धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन । धक्का खाएपछि अलिकति पीर त पर्ने भयो नै,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १५:३६

३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सडक र संसद् दुबैबाट संघर्षको मोर्चामा रहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर जाने बताएका हुन् ।

‘हामी दुई मोर्चाको संघर्षमा छौं । एउटा सडक संघर्षको मोर्चा र अर्को संसद् संघर्षको मोर्चा,’ ओलीले भने ।

अहिले सडक संघर्षको मोर्चामा पनि अलिकति धक्का खाएको उनले बताए । ‘अलिकति खस्किएको अवस्था छ । धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन । धक्का खाएपछि अलिकति पीर त पर्ने भयो नै,’ उनले भने ।

तर, सडक आन्दोलनलाई पनि उठाउनुपर्ने र त्यसमा पार्टीले काम गरिराखेको उनले बताए । उनले भने, ‘सडक संघर्ष र संसद् संघर्ष एकअर्काका परिपूरक हुन् ।’ ्

अहिलेको राजनीति परिभाषाविहीन, नीतिविहीन, दिशाविहीन, थितिविहीन रहेको बताउँदै उनले त्यसलाई एमालेले संघर्ष गरेर ठिक ठाउँमा ल्याउने दाबी गरे ।

‘लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्,’ उनले भने, ‘हिंसा, आगजनी, तोडफोड, बलजफ्ती, कब्जा असंवैधानिक यस्ता कुरा हुँदैन ।’

अहिले बनेको सरकार र परिवर्तनको प्रारम्भ नै मान्छे मार्ने र षडयन्त्रबाट सुरु भएको उनले बताए । उनले भने, ‘बेलगाम अराजकता छ । यहाँ प्रश्न पपुलारिटीको मात्र छैन । त्यो भन्दा पनि ठूलो भद्दा प्रयास भइरहेको छ ।’

त्यसविरुद्ध एमाले सशक्त भएर संघर्ष गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?