+
+
Shares

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्, जनताको हित विपरीत, आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन्,’ ओलीले अगाडि भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १५:१७

३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी गरेका छन् । आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ अध्यक्ष ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर । चुपचाप छ ।’

अहिले बाहिर जाने युवाहरूको अधिकार हो भन्ने व्याख्या अगाडि सारिरहेको उनले बताए ।

‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्, जनताको हित विपरीत, आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन्,’ ओलीले अगाडि भने ।

बङ्ग्याएको कुरा सच्याउनुपर्ने र सही कुरा जनतासमक्ष पुर्‍याउने माध्यम संसद् रहेको उनले बताए ।

कानुन बनाउने संख्या आफूसँग नभएपनि जनताको हितका कुरा उठाउने ठाउँ पनि संसद् रहेको उनले स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?