News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधानको धारा ३५(२)(घ) निलम्बन गरेको छ ।
- १५औं महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न विशेष परिस्थिति देखिएको भन्दै कांग्रेसले निलम्बन गर्ने निर्णय गरेको हो ।
- निलम्बित धारामा महाधिवेशन वर्षभन्दा कम्तीमा एक वर्षअगावै स्थानीय तहका अधिवेशन र कार्यसमितिहरू गठन गर्ने व्यवस्था छ ।
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको छ ।
२४ साउनदेखि १ भदौसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको हो ।
विशेष परिस्थितिमा १५औं महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५(२)(घ) निलम्बन गरिएको कांग्रेसको भनाइ छ ।
‘विशेष परिस्थितिमा १५औं महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५(२)(घ) सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
उक्त धारामा केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरू गठन गरिने उल्लेख छ ।
यस्तै स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिने पनि उक्त धारामा उल्लेख छ ।
प्रतिक्रिया 4