News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले सेप्टेम्बर २०२६ को कार्यक्रममा क्यामेरा जडित एयरपोड्स सार्वजनिक नगरी सन् २०२७ सम्मका लागि पछि सारेको छ ।
- ब्लुमबर्गका मार्क गुरम्यानका अनुसार सिरीको नयाँ एआई टुल्स पूर्ण तयार नभएकाले क्यामेरा भएका एयरपोड्स ढिलो भएको हो ।
- क्यामेरा जडित एयरपोड्सबाट वातावरणको जानकारी सिरीलाई दिन र वस्तु वा लेखाइ चिन्ने सुविधा दिने योजना थियो ।
२५ भदौ, काठमाडौं । एप्पलले सेप्टेम्बर २०२६ को कार्यक्रममा क्यामेरा भएका एयरपोड्स सार्वजनिक गरेन । ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार यो उत्पादन २०२७ सम्मका लागि पछि सारिएको छ ।
यसै कार्यक्रममा एप्पलले आइफोन ड्युओ (पहिलो फोल्डेबल फोन), आइफोन १८ प्रो/प्रो म्याक्स, नोइज क्यान्सिलेसन सुविधासहितको सस्तो एयरपोड्स ५, र एप्पल वाच सिरिज १२/अल्ट्रा ४ मा नयाँ सिरी रिक्याप सुविधा सार्वजनिक गर्यो ।
तर, वर्षभरी चर्चा भएको एयरपोड्स भने सार्वजनिक गरिएन । क्यामेरा भएका एयरपोड्सको हल्ला वर्षभरि चर्चामा थियो ।
यसअघि सार्वजनिक समाचारहरुका अनुसार, यी क्यामेराहरू कम गुणस्तरका हुने र फोटो/भिडियो खिच्न नभई सिरी एआई र भिजुअल इन्टिलिजेन्सलाई डिरेक्सन दिन (जस्तै: बाटो देखाउने, वस्तु/पाठ चिन्ने) बनाइने बताइएको थियो ।
यस्ता समाचार सार्वजनिक भएपछि गोपनियताको विषयलाई लिएर एप्पलमाथि प्रश्नसमेत उठेको थियो । प्राविधिक रूपमा यो सुविधा उपयोगी भए पनि गोपनीयता सम्बन्धी जानकारहरुले यसले सार्वजनिक ठाउँमा निरन्तर जानकारी संकलन गर्न सक्ने र निजीपन उल्लंघनको जोखिम बढाउने चिन्ता जनाएका थिए ।
तर, एप्पलले भने एप्पल वाचमा ल्याएको अडियो इन्टिलिजेन्स जस्तै यी सुविधाहरूमा पनि आवाज स्टोर नहुने, रेकर्डिङ पहुँचयोग्य नहुने, र केही जानकारी सुरक्षित रूपमा राखिने दाबी गरेको बताइएको छ ।
यद्यपि यसलाई यसपटक एप्पलले सार्वजनिक गर्न सकेन । ब्लुमबर्गका प्रविधि विश्लेषक मार्क गुर्मनका अनुसार, क्यामेरा जडित एयरपड्सले वातावरण हेरेर त्यो जानकारी सिरीलाई दिनुपर्ने थियो ।
सिरीले नै त्यो जानकारीका आधारमा दिशानिर्देश दिने, वस्तु वा लेखाइ चिन्ने जस्ता एआई सुविधाहरू दिनुपर्ने थियो । तर सिरीको यो नयाँ एआई टुल्स अझै पूर्ण रूपमा तयार नभएकाले प्रोडक्ट ढिलो भएको हो ।
साथै गोपनीयतासम्बन्धी चिन्ताले पनि यसलाई थप ढिलो बनाएको हुन सक्ने विभिन्न रिपोर्टहरूमा उल्लेख छ । यही कारण यो प्रोडक्ट अब सन् २०२७ सम्म पर्खनुपर्ने देखिन्छ ।
प्रतिक्रिया 4