+
+
Shares

चीनमा एआई उद्योग अझै विस्तार

यस वर्ष जुनको अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर दुई हजार १८५ ‘इफलोप्स’ पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । देशभरका कम्प्युटिङ सुविधाको औसत उपयोग दर ७१ दशमलव चार प्रतिशत रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले स्थानीय स्रोतसाधन र आवश्यकताअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।
  • सन् २०२४ को जुन अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर दुई हजार १८५ ‘इफलोप्स’ पुगेको छ ।
  • सियाओ होङवेईले चीनमा एआई प्राविधिक अवधारणाबाट वास्तविक उत्पादकत्व वृद्धिको माध्यममा रूपान्तरण हुने प्रक्रिया तीव्र भइरहेको बताएका छन् ।

१ भदौ, बेइजिङ (रासस/सिन्ह्वा) । चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।

३१ प्रान्तीयस्तरीय क्षेत्रबाट प्राप्त पछिल्लो आर्थिक तथ्याङ्कले चीनमा एआई उद्योग क्षेत्रगत र भौगोलिक विशेषताअनुसार विकास भइरहेको देखाएको छ । एआईसँग सम्बन्धित उत्पादन तथा सेवाको मागसमेत बढ्दै गएको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गतको स्टेट इन्फर्मेसन सेन्टरका अनुसन्धानकर्ता सियाओ होङवेईले एकीकृत सर्किट र औद्योगिक रोबोटजस्ता उदीयमान उद्योगमा एआईको प्रभाव बढ्दै गएको बताए।

‘चीनमा एआई प्राविधिक अवधारणाबाट वास्तविक उत्पादकत्व वृद्धिको माध्यममा रूपान्तरण हुने प्रक्रिया तीव्र भइरहेको छ’, उनले भने।

एआईका प्रमुख केन्द्र

यस वर्ष जुनको अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर दुई हजार १८५ ‘इफलोप्स’ पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । देशभरका कम्प्युटिङ सुविधाको औसत उपयोग दर ७१ दशमलव चार प्रतिशत रहेको छ ।

‘इफलोप्स’ कम्प्युटिङ क्षमताको मापन गर्ने एकाइ हो । एक इफलोप्स बराबर प्रतिसेकेन्ड एक क्विन्टिलियन फ्लोटिङ–पोइन्ट गणना हो ।

सियाओका अनुसार बेइजिङ, साङ्घाई र ग्वाङडोङले प्रविधि, जनशक्ति तथा औद्योगिक पूर्वाधारका कारण एआई उद्योगको विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । यी क्षेत्रले एकीकृत सर्किट, औद्योगिक रोबोटलगायत क्षेत्रमा एआईको पूर्ण औद्योगिक शृङ्खला विकास गरिरहेका छन् ।

सन् २०२६–२०३० को पञ्चवर्षीय योजनाका लागि यी तीनै क्षेत्रले विश्वव्यापी एआई प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेका छन् ।

बेइजिङले आफूलाई विश्वव्यापी एआई नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ । नगरको साइबरस्पेस प्रशासनका अनुसार जुलाई २३ सम्म २५९ वटा लार्ज मोडल र १९५ वटा एआई उत्पादन दर्ता भएका छन् ।

साङ्घाईमा जुनको अन्त्यसम्म १६९ वटा एआई लार्ज मोडल दर्ता तथा स्वीकृत भएका थिए । सहरका ३९४ ठूला एआई उद्यमले सन् २०२५ मा ६३७ अर्ब युआन (करिब ९३ अर्ब ८५ करोड अमेरिकी डलर) भन्दा बढीको औद्योगिक उत्पादन गरेका थिए । दक्षिणी ग्वाङडोङ प्रान्तमा पनि मुख्य एआई उद्योगको आकार गत वर्ष ३०० अर्ब युआनभन्दा बढी पुगेको थियो ।

क्षेत्रगत विशेषतामा जोड

चीनका अन्य क्षेत्रले पनि आफ्ना विशिष्ट स्रोतसाधन र औद्योगिक क्षमताका आधारमा एआई विकासका फरक क्षेत्र पहिचान गरेका छन् ।

पूर्वी आन्हुई प्रान्तले एआई चिप उद्योगको विकासलाई तीव्रता दिएको छ । प्रान्तको पहिलो १२ इन्च वेफर फाउन्ड्री नेक्सचिप जुलाईमा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । ३५ दशमलव पाँच अर्ब युआन लगानी रहेको यसको चौथो चरणको परियोजनाले यस वर्षको चौथो त्रैमासिकमा उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

आन्हुईको राजधानी हेफेईस्थित मेमोरी चिप निर्माता चाङसिन मेमोरी टेक्नोलोजिज पनि जुलाईको अन्त्यमा ए–सेयर बजारमा सूचीकृत भएको थियो ।

मध्य चीनको हुबेई प्रान्तले अप्टोइलेक्ट्रोनिक्स उद्योगमा आफ्नो क्षमताको उपयोग गर्दै अप्टिकल सञ्चार, चिप, डिस्प्ले, टर्मिनल र नेटवर्कसम्बन्धी औद्योगिक शृङ्खला विकास गरेको छ । प्रान्तीय राजधानी वुहानलाई ‘अप्टिक्स भ्याली अफ चाइना’ को प्रमुख केन्द्रका रूपमा विकास गरिएको छ ।

त्यस्तै, हेनान प्रान्तले आफ्नो यातायात केन्द्रको पहिचानलाई कम्प्युटिङ क्षमताको केन्द्रका रूपमा विस्तार गरिरहेको छ । अप्रिलमा राजधानी झेङझाउस्थित राष्ट्रिय सुपरकम्प्युटिङ नेटवर्कको मुख्य केन्द्रमा ठूलो वैज्ञानिक बुद्धिमान कम्प्युटिङ क्लस्टर सञ्चालनमा ल्याइएको थियो ।

सिन्जियाङ, भित्री मङ्गोलिया र गुइझोउले भने प्रशस्त स्वच्छ ऊर्जा स्रोतको उपयोग गर्दै बुद्धिमान कम्प्युटिङ केन्द्र स्थापना तथा विस्तार गरिरहेका छन् ।

पहाडी क्षेत्रमा एआई केन्द्र

हुबेईको लिचुआन सहरस्थित वुलिङ पहाडको फेदीमा रहेको लिचुआन एआई कम्प्युटिङ सेन्टरले स्थानीय प्राकृतिक स्रोत र हावापानीलाई एआई पूर्वाधार विकासमा उपयोग गरेको छ ।

शीतल हावापानी र पर्याप्त जलविद्युत् उपलब्धताका कारण लिचुआन कम लागतमा कम्प्युटिङ केन्द्र सञ्चालनका लागि उपयुक्त मानिएको छ । केन्द्रमा करिब दुई मिटर अग्ला सर्भर क्याबिनेटहरू जडान गरिएका छन् र यसले करिब १५० ‘पेटाफ्लप्स’ कम्प्युटिङ क्षमता प्रदान गर्छ । यसको उपयोग दर ८० प्रतिशतभन्दा बढी रहेको छ ।

पेटाफ्लप्स एआई तथा तथ्याङ्कमा आधारित कार्यको कम्प्युटिङ गति मापन गर्ने एकाइ हो । एक पेटाफ्लप्स बराबर प्रतिसेकेन्ड एक क्वाड्रिलियन गणना हो ।

केन्द्रले हाल संस्कृति तथा पर्यटन, सरकारी सेवा र एयरोस्पेससम्बन्धी क्षेत्रमा सेवा दिइरहेको छ ।

लिचुआनको लियाङवु टाउनसिपमा जियोभिस रेउइन टेक्नोलोजी कम्पनीले उपग्रहको सङ्केत प्राप्त गर्ने केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले उपग्रहबाट प्राप्त तथ्याङ्क प्रशोधनका क्रममा नजिकैको एआई कम्प्युटिङ केन्द्रको क्षमता प्रयोग गर्न सक्छ ।

कम्पनीका सञ्चालन महाप्रबन्धक गाओ कुईका अनुसार पहाडी भूगोल, स्वच्छ विद्युत्–चुम्बकीय वातावरण, स्थिर हावापानी र कम्प्युटिङ केन्द्रको निकटताले उपग्रह केन्द्रको सञ्चालनलाई सहज तथा लागत प्रभावकारी बनाएको छ ।

एआई कम्प्युटिङ क्षमताले स्थानीय उद्योगलाई समेत सहयोग पुर्‍याएको छ । लिचुआनमा हरेक वर्ष दुई करोडभन्दा बढी पर्यटक पुग्ने भएकाले उनीहरूको आवागमन, खानपान, बसोबास, किनमेल तथा मनोरञ्जनबाट ठूलो परिमाणमा तथ्याङ्क उत्पादन हुन्छ ।

यही तथ्याङ्कको उपयोग गरी संस्कृति तथा पर्यटन सेवाका लागि स्वदेशी लार्ज मोडल विकास गरिएको छ । यसबाट एआईमा आधारित स्मार्ट गाइड तथा अन्य पर्यटन सेवा सञ्चालन गर्न सहयोग पुगेको छ ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उच्च गुणस्तरको कम्प्युटिङ पूर्वाधार विकासलाई निरन्तरता दिँदै हब, क्षेत्रीय तथा एज कम्प्युटिङ सुविधाको समन्वयात्मक विस्तारलाई अघि बढाएको छ । मन्त्रालयले देशभरको कम्प्युटिङ क्षमताको अनुगमनका लागि राष्ट्रिय एकीकृत स्वचालित अनुगमन प्रणाली स्थापना गर्ने कामसमेत अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?