+
+
Shares

कन्टेन्ट क्रिएटर र ब्रान्ड एआईमार्फत जोड्ने प्ल्याटफर्म ‘इनमार्क’ सञ्चालनमा

क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङ व्यवस्थित गर्ने ‘अल–इन–वन अपरेटिङ सिस्टम’ का रूपमा यो प्ल्याटफर्म सार्वजनिक गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा एआईमा आधारित ‘इनमार्क’ प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसले क्रिएटर र ब्रान्डलाई सिधै जोड्ने कम्पनीले जनाएको छ ।
  • प्लेटफर्मले क्रिएटरको शैली, पुराना क्याम्पेन र दर्शक विश्लेषण गरी उपयुक्त ब्रान्डका लागि प्रोफाइल सिफारिस गर्ने र स्क्रिप्टदेखि रिपोर्टिङसम्म सहजीकरण गर्ने छ ।
  • ब्रान्डहरूले भिडियो वा भ्वाइस नोटबाट क्याम्पेन ब्रिफ र ह्यासट्याग बनाउन, ‘एआई फिट स्कोर’ अनुसार क्रिएटर छनोट गर्न र भिडियो अडिट गर्न सक्नेछन् ।

८ असोज, काठमाडौ । डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्ल्याटफर्म ‘इनमार्क’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङ व्यवस्थित गर्ने ‘अल–इन–वन अपरेटिङ सिस्टम’ का रूपमा यो प्ल्याटफर्म सार्वजनिक गरिएको हो ।

विश्वव्यापी रूपमा ४ खर्ब अमेरिकी डलरभन्दा बढी आकार ओगटिसकेको क्रिएटर इकोनोमी नेपाल लगायत विश्वभरि अझै धेरै हदसम्म म्यानुअल प्रक्रियामै निर्भर छ । कन्टेन्ट क्रिएटरहरूले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा म्यासेज पठाउने, व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने झन्झट बेहोर्दै आएका छन् ।

अर्कातर्फ, ब्रान्डहरूलाई पनि आफ्नो उत्पादन र लक्षित दर्शकसँग ठ्याक्कै मेल खाने क्रिएटर पहिचान गर्न तथा सयौँ क्रिएटरसँग म्यानुअल रूपमा समन्वय गर्न निकै कठिन हुने गरेको छ ।

अब इनमार्कले यी सम्पूर्ण उल्झन अन्त्य गर्दै डेटा र एआई इन्टिलिजेन्सको मद्दतले क्रिएटर र ब्रान्डलाई सिधै जोड्ने काम गर्ने छ ।

इनमार्कमा आबद्ध भएपछि कन्टेन्ट क्रिएटरहरूले काम खोज्न समय खेर फाल्नु नपर्ने कम्पनीले जनाएको छ । प्ल्याटफर्मको एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल सिधै पुर्‍याउने छ ।

यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्ने छ । मूल्य निर्धारण, सम्झौताका सर्त र कन्टेन्टको बौद्धिक स्वामित्व प्ल्याटफर्ममै सुरक्षित रहने भएकाले क्रिएटरहरूले परम्परागत प्ल्याटफर्म मनिटाइजेसन भन्दा माथि उठेर ब्रान्ड सहकार्य मार्फत नियमित आम्दानी गर्न सक्नेछन् ।

परम्परागत विज्ञापन शैली कन्टेन्ट मार्केटिङतर्फ मोडिएको वर्तमान परिप्रेक्ष्यमा ब्रान्ड तथा मार्केटिङ एजेन्सीहरूलाई पनि यो प्ल्याटफर्म उत्तिकै प्रभावकारी हुनेछ ।

ब्रान्डहरूले भिडियो वा भ्वाइस नोट रेकर्ड गरेकै भरमा एआईले क्याम्पेनको ब्रिफ तथा ह्यासट्यागहरू तयार पारिदिने व्यवस्था गरिएको छ । साथै, ‘एआई फिट स्कोर’ का आधारमा ब्रान्डको बजेट र लक्षित दर्शकसँग ठ्याक्कै मेल खाने क्रिएटरहरू सिफारिस हुनेछन् ।

ब्रान्डहरूले सयौँ वा हजारौं क्रिएटरले बनाएका भिडियो निर्धारित ब्रिफ र स्क्रिप्ट अनुसार छन् वा छैनन् भनी एआईमार्फत एकै पटक अडिट गर्न सक्नेछन् । यसले गर्दा विज्ञापन सही दर्शकसम्म पुगी लगानीको उचित प्रतिफल सुनिश्चित हुने कम्पनीको दाबी छ ।

क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल एकाउन्ट मार्फत ‘वान–क्लिक’ लगइन गरी ‘इनमार्क डट एआई’ मार्फत यो सेवा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?