+
+
Shares

उद्धव थापालाई पदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पद हटाउन मागसहितको पत्र प्रदेशसभामा पत्र बुझाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पदबाट हटाउन मागसहितको पत्र प्रदेशसभामा बुझाएको छ।
  • राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर भएको पत्र प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन्।
  • राप्रपाले थापाले पार्टी निर्णयविपरीत मुख्यमन्त्री नियुक्तिका लागि समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएर अनुशासन उल्लंघन गरेको ठहर गरेको छ।

८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पद हटाउन मागसहितको पत्र प्रदेशसभामा पत्र बुझाएको छ। पार्टी केन्द्रीय
अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्र राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन्।

राप्रपाले पत्रमार्फत थापाले पार्टी निर्णय र निर्देशनविपरीत मुख्यमन्त्री नियुक्तिको लागि पार्टीका सांसदको समर्थन रहेको भन्दै आफूखसी प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको उल्लेख छ। थापाले पार्टीको नीति, निर्देशन र विधानविपरीत अनुशासनको गम्भीर उल्लंघन गरेको राप्रपाले ठहर गरेको छ।

राप्रपाले सोही आधारमा थापालाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्ने निर्णय गरेको व्यहोरा पनि उपसभामुखलाई पेस गरेको पत्रमा उल्लेख छ। यसअघि राप्रपाले थापालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय पनि गरेको थियो।

थापाले नेकपा एमालेका सांसद किरण थापालाई मुख्यमन्त्री बनाउन आफ्नो पार्टीको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?