+
+
Shares

उद्धव थापालाई राप्रपाले गर्‍यो कारबाही, पार्टी सदस्यबाटै निष्कासित

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीको निर्देशन नमानिएको भन्दै साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट निष्कासन गरेको छ।
  • अध्यक्ष राजेन्द्र लिङदेनले एमाले र नेकपाको सरकारलाई समर्थन फिर्ता लिन गरिएको आग्रह थापाले नमानेको बताए।
  • लिङदेनले सरकारमा सहभागी हुने अन्यलाई पनि कारबाही गर्ने जानकारी दिए।

४ भदौ, काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

उनको समर्थनलाई अस्वीकार् गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।
‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।

अहिले संसदीय दलको नेतालाई कार्बाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्बाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?