News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
- उनले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा स्टे अर्डर नरहेको स्पष्ट पार्दै देउवा नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
- कोइरालाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि संवादबाट समाधान गर्दै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्ने प्रयास जारी रहने बताए।
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।
सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो,’ उनले भनिन्, ‘अहिले पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ की छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’
पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुन: मूलधारमा समाहित गर्नुपर्ने बताए ।
कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे ।
उनले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पारे ।
प्रतिक्रिया 4