+
+
Shares

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १७:५०

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतोले राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौं रहेकाले उनलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको एक मन्त्रीले बताए । राजनीतिक निकासको लागि राजीनामा बुझाएको मन्त्रीहरूले पत्रमा उल्लेख गरेका छन् ।

‘राजनीतिक निकासको लागि हामी नेपाली कम्युनिस्ट पार्टीमा तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौं’, राजीनामा पत्रमा लेखिएको छ, ‘यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?