News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशमा जसपा नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ ।
- तीन दलबीच सरकार बनाउने सहमति करिब टुङ्गिएको र नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरूले बताएका छन् ।
- यसअघि एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।
तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘तीन दल बीच सरकार बनाउने सहमति करिब करिब टुङ्गिएको छ । र, कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्ने छ,’ उनले अनलाइनखबरसँग भने ।
शीर्ष तहमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बीच नयाँ समीकरणबारे छलफल भएर सहमति भएको उनले बताए ।
स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा मुख्यमन्त्री बन्ने करिब निश्चित छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।
गत असोज ३० गते मधेस सरकारबाट बाहिरिँदै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि हाल नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव आफ्नो सरकार बचाउनको लागि प्रयासरत छन् ।
पछिल्लो समय एमाले सोही सरकारमा फर्किने संवाद पनि चलेको थियो । त्यसका लागि कांग्रेस सभापति गगन थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको थियो । सो छलफलमा
तर एमाले अध्यक्ष ओलीले फिर्ता भएको सरकारमा पुन फर्किँदा नकारात्मक सन्देश जाने भन्दै नमानेपछि पुनः अर्को समीकरण बनेको हो ।
प्रतिक्रिया 4