+
+
Shares

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटको पेशी कात्तिक ३० गते तोकिएको छ।
  • कार्कीले हिजो वकिलमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए भने सर्वोच्च प्रशासनले बिहीबार अध्ययनका क्रममा रहेकाले निवेदन दर्ता हुन नसकेको जनाएको थियो।
  • सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ, तर उनले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन्।

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।

आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।

उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?