+
+
Shares

आज दर्ता भएन दानबहादुर कार्कीको रिट

शुक्रबार निवेदन दर्ता भएमा भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
  • सर्वोच्च अदालतले बिहीबार निवेदन दर्ता नगरेकाले तिहारपछि मात्र मुद्दाको प्रारम्भिक सुनुवाइ हुने भएको छ।
  • सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ, र उनले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन्।

१९ कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरिक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन छिटोमा तिहारपछि सुनुवाइ हुने भएको छ ।

कार्कीले सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन बिहीबार दर्ता हुन सकेन ।

सर्वोच्चका कर्मचारीहरूले कार्कीका कानुन व्यवसायीहरूलाई ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ सूचना दिइसकेका छन् ।

निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ । शुक्रबार निवेदन दर्ता भएमा भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?