+
+
Shares

पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
  • पोखराले कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ।
  • पोखराले पहिलो रोजाइमा तीन र चितवनले दुई परिवर्तन गरेको छ।

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ ।

पोखराले आज कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । शकिब हल हसनको स्थानमा युवराज सम्रा पहिलो स्थानमा खेल्दैछन् ।

यस्तै सुदिप अर्याल र सागर ढकाल पनि पहिलो रोजाईँ खेल्दैछन् । आकाश चन्द र विपिन आचार्य आज बेन्चमा छन् । यस्तै चितवनले दुई परिवर्तन गरेको छ । मार्की कुशल मल्ल र डान मोस्ली पहिलो रोजाईँमा खेल्दैछन् भने देव खनाल र टम टेलर बेन्चमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?