+

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

२०८३ कात्तिक  २० गते १४:३० २०८३ कात्तिक २० गते १४:३०

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे ।

सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।

लोअर अर्डरमा थरिन्द्र रत्नायकेले आक्रमक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बल खेल्दै २ चौका मदतमा अविजित १३ रन बनाए । सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ५७ रन जोडेको थियो ।

बलिङमा कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १-१ विकेट लिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय