+

पावर प्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट

२०८३ कात्तिक  ९ गते १७:३३ २०८३ कात्तिक ९ गते १७:३३

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमै ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेखलाई गुमाएको छ।
  • आरिफ शेखले डीआरएस लिए पनि ब्याटमा एज नलागेको पुष्टि भएपछि उनी किशोर महतोको बलमा क्याच आउट भएका छन्।
  • विनोद भण्डारी शेर मल्लको बलमा आउट भएका छन्।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।

यसअघि लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका थिए भने तेस्रो ओभर चलिरहँदा एम्पायरले आरिफलाई आउटको संकेत गरेका थिए ।

उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए ।

लगत्तै उनी किशोर महतोको बलमा क्याचआउट भए ।

यसअघि लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका थिए ।

पावरप्ले

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय