News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने गरी अनुबन्ध गरेको जानकारी गराएको छ।
- रसेलले वेस्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् र ८६ टी–२०आईमा एक हजार १२२ रन तथा ६१ विकेट लिएका छन्।
- विराटनगर किङ्सले रसेलको आगमनले टोली थप बलियो हुने अपेक्षा गरेको छ।
१ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4