+
+
Shares

बीटीआई ग्रुपको सिइओमा दिलीपराज बराल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद अनुभव भएका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।
  • ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
  • महोत्तरीका ४८ वर्षीय बराल यसअघि आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरिसकेका छन् ।

काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् ।

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

महोत्तरीका ४८ वर्षीय बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका छन् । व्यवस्थापन, कानुन तथा राजनीतिशास्त्रको ज्ञान भएका उहाँ संस्थागत सुशासन र नतिजामुखी कार्यसम्पादनलाई सफलताको आधार मान्छन् ।

बीटीआई ग्रुपमा सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रसँग सम्बन्धित १० वटा संस्था आबद्ध छन् । ती संस्थाले २७ वर्षदेखि विभिन्न क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तक लेख्नुभएका बराल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षक पनि हुन् । उनी सामाजिक गतिविधिमा समेत संलग्न छन् ।

विविध क्षेत्रको अनुभवलाई एकीकृत गर्दै ग्रुपका संस्थालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनु बरालको नयाँ जिम्मेवारीको महत्त्वपूर्ण पक्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?