+
+
Shares

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मात्रिका टेक्नोलोजिजले नेपाली सुनचाँदी तथा गहना व्यवसायका लागि जेजे लाइट सार्वजनिक गरेको छ।
  • कम्पनीले कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका काम एउटै प्रणालीबाट व्यवस्थापन हुने जनाएको छ।
  • जेजे लाइटमा बिक्री, खरिद, स्टक, कागजात र एनएफआरएसमा आधारित लेखा व्यवस्थापनका सुविधा छन्।

३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ ।

गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा खरिदको विवरण, स्टक, कालिगढको हिसाब, लेखा व्यवस्थापन, ग्राहक सम्बन्ध र व्यावसायिक कागजातलाई व्यवस्थित राख्न सजिलो हुने गरी जेजे लाइट बनाइएको कम्पनीले जनाएको छ ।

जेजे लाइटमा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, कागजात व्यवस्थापन र एनएफआरएसमा आधारित लेखा व्यवस्थापन जस्ता सुविधाहरू छन्।

यसमार्फत ग्राहकले नियमित रूपमा रकम जम्मा गर्दै सुनचाँदी बचत गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?