News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन पहिलो चरणमै मकाउका टिन इयान माकसँग ४–१ ले पराजित भई बाहिरिए ।
- सोही स्पर्धामा संयोग कपाली पनि यमनका इब्राहिम गुब्रानसँग ४–१ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए ।
- रुबिन र संयोगले अब पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली पहिलो चरणबाटै बाहिरिएका छन् ।
बिहीबार स्काइ हल टोयोटामा भएको खेलमा रुबिन मकाउका टिन इयान माकसँग तथा संयोग यमनका इब्राहिम गुब्रानसँग समान ४–१ को सेटमा पराजित भए ।
रुबिनले पहिलो सेट ५–११ ले गुमाएपछि दोस्रो सेटमा ११–३ को जित निकाल्दै खेलमा फर्कने संकेत गरेका थिए । तर त्यसपछि उनले लगातार तीन सेट ११–९, ११–४ र १२–१० ले गुमाए ।
यस्तै, संयोगले तेस्रो सेट ११–८ ले जिते पनि पहिलो, दोस्रो, चौथो र पाँचौँ सेट क्रमशः ५–११, ८–११, ७–११ र ६–११ ले गुमाए ।
यससँगै नेपालका रुबिन र संयोग दुवै पुरुष सिंगल्सको पहिलो चरणबाटै बाहिरिएका छन् ।
अब यी खेलाडीले पुरुष डबल्समा प्रतिस्पर्धा गर्न बाँकी छ ।
प्रतिक्रिया 4