+
२०औं एसियन गेम्स :

एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु, नेपालको खेल शुक्रबार

२०८३ असोज  ८ गते ६:१५ २०८३ असोज ८ गते ६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट आज जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तान–जापान र हङकङ–मलेसिया खेलसँगै शुरू भएको छ।
  • नेपालको पहिलो खेल भोलि शुक्रबार बिहान पौने ११ बजे अफगानिस्तानसँग हुनेछ।
  • नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग छ, र कम्तीमा एक खेल जिते क्वाटरफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल छन् ।

पहिलो खेल समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजेदेखि अफगानिस्तान र जापानको बीचमा छ । दोस्रो खेल पौने ११ बजेदेखि समूह ‘बी’ मा रहेका हङकङ र मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा नेपालको खेल भने भोलि शुक्रबार रहेको छ । नेपाल र अफगानिस्तानबीच शुक्रबार बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । समूहमा तीन टोली रहेकाले नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।

क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय