+
२०औं एसियन गेम्स :

पौडीको ५० मिटर बटरफ्लाईमा अभिभको राष्ट्रिय कीर्तिमान

२०८३ असोज  ८ गते ७:५२ २०८३ असोज ८ गते ७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाईमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् ।
  • हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो र समग्रमा ३१औं स्थानमा रहे ।
  • यस स्पर्धामा शीर्ष ८ खेलाडी मात्र फाइनलमा पुग्ने प्रावधान थियो ।

८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान बनाएपनि हिट चरणबाटै बाहिरिएका छन् ।

हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा २६.०५ सेकेन्डका साथ चौथो स्थानमा रहे । उनले यसअघि आफ्नै नाममा रहेको २६.४० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

समग्र नतिजामा भने उनी ३१औं स्थानमा रहेर बाहिरिए । हिट चरणबाट बाहिरिए पनि राष्ट्रिय कीर्तिमान बन्नु राम्रो नतिजा भएको प्रशिक्षक रत्न महर्जनले बताएका छन् ।

यस स्पर्धामा शीर्ष ८ खेलाडीले मात्र फाइनलमा स्थान बनाउने प्रावधान रहेकाले अभिभ हिट चरणबाटै बाहिरिएका हुन् ।

२०औं एसियन गेम्स अभिभ प्रधान एसियन गेम्स पौडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय