+

पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

२०८३ असोज  ८ गते ८:१८ २०८३ असोज ८ गते ८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन्।
  • जनकपुरले ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा सामाजिक सञ्जालमार्फत गरेको हो।
  • इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९९८ रन र समग्र टी–२० क्रिकेटमा ६ हजार १९६ रन तथा ९७ विकेट लिएका छन्।

८ असोज, काठमाडौं । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।

जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो । दायाँहाते ब्याटर इफ्तिखार अफस्पीन बलिङसमेत गर्ने अलराउन्डर हुन् ।

इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले ३२९ खेलमा ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट पनि लिएका छन् ।

उनले पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग (एलपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलेका छन् ।

नेपालका समर्थकमाझ इफ्तिखार २०२३ को एसिया कपमा नेपालविरुद्ध प्रहार गरेको शतकका कारण विशेष परिचित छन् । उनले त्यही खेलमा पाकिस्तानलाई विशाल स्कोरतर्फ डोर्‍याएका थिए ।

इफ्तिखार अहमद एनपीएल २०२६ जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय