News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदको टेबलटेनिस महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ।
- बिहीबार स्काइ हल टोयोटामा हुने खेलमा नेपाली जोडी कोर्टमा उपस्थित नभएपछि सिंगापुरकी टान झाओ युन र क्लोई लाइविरुद्ध सिंगापुरले वाकओभरमार्फत अर्को चरणमा स्थान बनाएको छ।
- इभाना र नविता दुवै महिला सिंगल्समा पहिलो चरणबाटै बाहिरिएका थिए, र नेपालका लागि टेबलटेनिसमा अब पुरुष सिंगल्स र पुरुष डबल्स मात्र बाँकी रहेका छन्।
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ ।
बिहीबार स्काइ हल टोयोटामा हुने तय भएको खेलमा नेपाली जोडी सिंगापुरकी टान झाओ युन र क्लोई लाइविरुद्ध कोर्टमा उपस्थित नभएपछि सिंगापुरले वाकओभरमार्फत अर्को चरणमा स्थान बनाएको हो ।
यसअघि इभाना र नविता दुवै महिला सिंगल्समा पनि पहिलो चरणबाटै बाहिरिएका थिए । मिश्रित डबल्समा इभाना र रुबिन महर्जनको जोडी पहिलो चरणबाट बाहिरिएको थियो भने नविता र संयोग कपालीको जोडी दोस्रो चरणसम्म पुगेपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
अब नेपालका लागि टेबलटेनिसमा पुरुष सिंगल्स र पुरुष डबल्सका स्पर्धा मात्र बाँकी रहेका छन् ।
प्रतिक्रिया 4