+

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ २४ असोजमा

२०८३ असोज  ८ गते १७:१५ २०८३ असोज ८ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्सलाई उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘फ्युजन फाइट च्याप्टर-१’ असोज २४ गते ठमेलको एलओडीमा हुने भएको छ।
  • प्रतियोगितामा मुवाथाई नियमअनुसार ११ भिडन्त हुने र नेपालका २२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
  • मुख्य स्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्, जसको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्।

८ असोज, काठमाडौं । नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ आगामी असोज २४ गते काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा आयोजना हुने भएको छ ।

फ्युजन फाइटले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मुवाथाई नियमअनुसार ११ वटा प्रतिस्पर्धात्मक भिडन्त हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपालका २२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको मुख्य आकर्षण महिला मुख्य स्पर्धा हुनेछ, जहाँ सुष्मा चौधरी र रजिना विष्ट आमनेसामने हुनेछन् । यसअघि दुवैबीच दुई पटक भिडन्त भइसकेको छ, जसमा दुवैले एक–एक जित हात पारेका छन्। मुख्य स्पर्धाको विजेताले एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

अन्य प्रमुख प्रतिस्पर्धामा प्रशान्त तामाङ र कर्णबहादुर मगराती, भोला कुमार राई र पेम्बा छिरी शेर्पा, एलेन थकाली र अब्राम राई, मोसेस कुमाल र गौतम थिङ, धर्मेन्द्र राम र सुमन याक्खा, आशिक कोली र जितेन्द्र राई, विशाल लामा र योमन मोक्तान तथा कुशल तामाङ र मन्दीप क्षेत्रीबीच भिडन्त हुनेछ।

विशेष आकर्षणका रूपमा १३ वर्षीय पुष्कर मल्लले १६ वर्षीय सम्योग राईसँग प्रतिस्पर्धा गर्नेछन्। उमेरमा कान्छा भए पनि पुष्करले पाँचमध्ये चार खेल जितिसकेका छन् भने सम्योगले पनि पाँच व्यावसायिक फाइट खेलेका छन्।

आयोजकका अनुसार एलओडीमा विशेष रिङ, प्रकाश तथा उच्चस्तरीय उत्पादन व्यवस्थासहित प्रतियोगिता सञ्चालन गरिनेछ। दर्शकले प्रतियोगिता कान्तिपुर म्याक्स एचडी र म्याक्स अन ओटीटीमार्फत प्रत्यक्ष हेर्न सक्नेछन् भने प्रत्यक्ष उपस्थित हुन चाहनेले इसेवाबाट टिकट खरिद गर्न सक्नेछन्।

फ्युजन फाइटले प्रतियोगितामार्फत नेपाली खेलाडीलाई व्यावसायिक मञ्च उपलब्ध गराउनुका साथै नेपालमा मुवाथाई खेलको विकास र लोकप्रियता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

फ्युजन फाइट च्याप्टर-१
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय