News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ७३–५२ ले हरायो ।
- नेपालले पहिलो हाफमा ३७–२१ को अग्रता बनाउँदै खेलमा २१ अंकको जित निकाल्यो ।
- लगातार तीन खेलमा पराजित भएपछि नेपाल सेमिफाइनल होडबाट बाहिरिएको छ, र महिला टोलीले आज श्रीलंकासँग अन्तिम समूह खेल खेल्दैछ ।
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो ।
नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को प्रतिस्पर्धा रहेपनि समग्रमा नेपाल २१ अंकले विजयी बन्यो ।
नेपाल यसअघि लगातार तीन खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिइसकेको थियो ।
मलेसियामाथिको जितसँगै नेपालले समूह चरणको अन्त्य सान्त्वना जितसहित गरेको छ ।
महिला टोलीले आजै श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । महिला टोली सेमिफाइनल होडमा कायमै छ ।
प्रतिक्रिया 4