+
२०औं एसियन गेम्स :

एसियन गेम्स पुरुष क्रिकेटमा अफगानिस्तानले जापानलाई हरायो

२०८३ असोज  ८ गते ९:०० २०८३ असोज ८ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको पुरुष क्रिकेटमा अफगानिस्तानले समूह ‘ए’ को पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको छ।
  • १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो, र अफगानिस्तानका अरब गुलले ४ विकेट लिए।
  • यो समूहमा रहेको नेपालले शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग खेल्नेछ।

८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ ।

समूह ‘ए’ अन्तर्गतको खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको हो । १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो ।

जापानका लागि रियो साकुरानो थोमसले सर्वाधिक २३ रन बनाए । बेन्जामिन इटो डेभिसले १७ तथा कप्तान केन्डल काडोवाकी फ्लेमिङले १४ रन बनाए ।

अफगानिस्तानका अरब गुलले ४ ओभरमा ८ रन मात्र दिएर ४ विकेट लिए । नाङ्गेलिया खरोटीले ३, अब्दुल्लाह अहमदजाइले २ तथा नजिबुल्लाह जाद्रानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहम्मद अक्रमले ३४ रन बनाए भने कप्तान डार्विश रसूलीले २९ रन बनाए । मोहम्मद इशकले अविजित २५ तथा करिम जनतले २१ रन बनाए ।

जापानका लागि शोमा सुगाया स्लेटर र इब्राहिम ताकाहाशीले २-२ विकेट लिँदा बेन्जामिन इटो डेभिस र रियो साकुरानो थोमसले १-१ विकेट लिए ।

यो समूहमा नेपाल पनि रहेको छ । नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि शनिबार नेपालले जापानसँग खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय