+

ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने

२०८३ असोज  ८ गते १७:०१ २०८३ असोज ८ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
  • २६ वर्षीय म्याकमुलेनले स्कटल्यान्डका लागि ४७ ओडिआई र ३० टी२०आई खेल खेलेका छन्।
  • एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

८ असोज, काठमाडौं । स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।

सुदूरपश्चिमले बिहीबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको हो ।

२६ वर्षीय ब्याटिङ अलराउन्डर म्याकमुलेनले स्कटल्याण्डका लागि ४७ ओडिआई र ३० टी२०आई खेल खेलेका छन् ।

म्याकमुलेनले टी-२०आई करियरमा ३० खेलमा ७८७ रन बनाएका छन् । समग्र टी-२० मा उनले ५४ खेलमा ११ अर्धशतकसहित १३६६ रन बनाएका छन् ।

उनी पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

एनपीएल २०२६ ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय