News Summary
Generated by OK AI. Editorially reviewed.- प्यूठानको दिहाल्नामा कात्तिक ७ देखि १५ गतेसम्म तेस्रो लालिगुराँस कप टी–२० खुला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
- दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमले झिमरुक गाउँपालिका–८ स्थित प्रस्तावित लालिगुराँस रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
- विजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई ५० हजार रुपैयाँ दिइनेछ ।
८ असोज, काठमाडौं । प्यूठानको दिहाल्नामा तेस्रो संस्करणको लालीगुराँस कप टी–२० खुला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा आउँदो कात्तिक ७ देखि १५ गतेसम्म झिमरुक गाउँपालिका–८, दिहाल्नास्थित प्रस्तावित लालीगुराँस रंगशाला खुला क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
क्रिकेट खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई व्यवस्थित र प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय तथा जिल्ला स्तरमा रहेका खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागिएको अध्यक्ष गोविन्द गिरीले जानकारी दिए ।
खेलकुद मार्फत युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने तथा दिहाल्ना क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न योगदान पुर्याउने उनको विश्वास छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4