+
२०औं एसियन गेम्स :

महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने

२०८३ असोज  ८ गते १७:५७ २०८३ असोज ८ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्स महिला कबड्डीको सेमिफाइनलमा नेपालले शुक्रबार बिहान पौने ९ बजे भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
  • समूह चरणको अन्तिम खेलमा भारतले जापानलाई ५०–२५ ले हराएर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।
  • समूह ‘बी’ बाट चाइनीज ताइपेइ विजेता र नेपाल उपविजेता बनेर सेमिफाइनलमा पुगेका छन्, र फाइनल शनिबार हुनेछ।

८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्ने भएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा जापानलाई ५०–२५ ले पराजित गरेसँगै भारत समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारत समूह ‘ए’ को विजेता बन्दा इरान उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । समूह ‘बी’ मा समूह विजेताको रुपमा चाइनिज ताइपेइ र उपविजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ । १९औं एसियन गेम्समा पनि सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गरेका थिए ।

उक्त खेलमा नेपाल भारतसँग पराजित हुँदा कास्य पदकमा सीमित भएको थियो । दोस्रो सेमिफाइनल चाइनिज ताइपेइ र इरानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय