News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
- अनलाइनखबरले एनपीएलका लागि बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहित 'NPL LIVE' पोर्टल सुरु गरेको छ।
- पोर्टलमा आठै टोलीको विवरण, खेलाडीको परिचय, तथ्यांक र दैनिक 'NPL BUZZ कार्यक्रम' पनि समेटिनेछ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ ।
अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड तथा अतिथि विज्ञका विश्लेषण प्राप्त गर्न सक्नेछन्।
अनलाइनखबरको टोलीले मैदानबाटै खेलको प्रत्यक्ष अपडेट, रियल टाइम तस्बिर र अन्य सामग्री उपलब्ध गराउनेछ। पोर्टलमा एनपीएलका आठवटै टोलीको विस्तृत विवरण, खेलाडीको परिचय, करियरका तथ्यांक तथा व्यक्तिगत रेकर्डसमेत समावेश गरिनेछ।
प्रतियोगिताभर अनलाइनखबरले दैनिक ‘NPL BUZZ कार्यक्रम पनि प्रस्तुत गर्नेछ। कार्यक्रममा खेलअघि प्रिम्याच विश्लेषण र खेलपछि पोस्टम्याच समीक्षा समेटिनेछ। विज्ञ प्रस्तोतामार्फत खेल सकिएपछि मैदानबाटै लाइभ कमेन्ट्री र खेलको समीक्षा पनि प्रसारण गरिनेछ।
यसपटकको विशेष कभरेजमा दर्शकको सहभागितालाई समेत प्राथमिकता दिइएको छ। पाठक तथा दर्शकले खेलसम्बन्धी आफ्नो धारणा व्यक्त गर्न, खेलाडीको प्रदर्शनको समीक्षा गर्न र विभिन्न अन्तरक्रियात्मक टुलमार्फत प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
लाइभ अपडेट, तथ्यांक, विश्लेषण र दर्शक सहभागितालाई एकै ठाउँमा समेट्दै अनलाइनखबरले एनपीएलको तेस्रो संस्करणलाई क्रिकेटप्रेमीमाझ थप रोचक र अन्तरक्रियात्मक बनाउने लक्ष्य लिएको छ।
एनपीएल बिशेष पोर्टलको टाइटल स्पोन्सर रेडबुल इनर्जी ड्रिंक्स रहेको छ ।
प्रतिक्रिया 4