+

एनपीएल : एनओसी विवादबीच कर्णालीका फरहान पाकिस्तान फर्किने

२०८३ कात्तिक  ९ गते ११:१३ २०८३ कात्तिक ९ गते ११:१३

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुन: एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान श्रीलंकाविरुद्धको ओडीआईका लागि पाकिस्तान फर्किने भएका छन् ।
  • पीसीबीले एनपीएलमा खेल्न आएका पाकिस्तानी खेलाडीको एनओसीका लागि थप २५ हजार अमेरिकी डलर मागेको कर्णाली याक्सले जनाएको छ ।
  • फरहान अक्टोबर ३१ पछि पुनः एनपीएलमा फर्किने सम्भावना छ, र कर्णालीले बीचको अवधिका लागि अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुन: एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।

घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरू एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘हामीले पाकिस्तानी खेलाडीलाई एनपीएलमा ल्याउनुको उद्देश्य उनीहरूको खेल हेर्नुका साथै नेपाली क्रिकेटको विकासमा लगानी गर्नु पनि हो । नेपाली क्रिकेट अहिले विकासको चरणमा छ । यस्तो अवस्थामा अन्तिम समयमा थप रकम मागिँदा हामी दु:खी छौँ,’ घिमिरेले भने ।

उनका अनुसार कर्णालीले थप रकम तिरेर खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा पनि छलफल गरिरहेको थियो । तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो । अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुन: कर्णालीमा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए ।

घिमिरेले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको पनि स्पष्ट पारे । भविष्यमा पनि पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

कर्णालीले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ । फरहान राष्ट्रिय टोलीमा फर्किने भएपछि कर्णालीले बीचको अवधिका लागि अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।

घिमिरेका अनुसार एनपीएलमा विदेशी खेलाडी ल्याउनु नेपाली क्रिकेटको स्तर र लोकप्रियता बढाउने प्रयासको हिस्सा हो । यस्तो अवस्थामा प्रतियोगिता सुरु हुने समयमा देखिएको समस्याले आफूहरूलाई निराश बनाएको उनले बताए ।

एनपीएल पाकिस्तानी साहिबजादा फरहान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय