+

एल क्लासिको : एमबाप्पेको दुई गोल, घरेलु मैदानमै पराजित भयो बार्सिलोना

२०८३ कात्तिक  ९ गते ७:३७ २०८३ कात्तिक ९ गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिडले क्याम्प नोउमा बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।
  • किलियन एमबाप्पेले ४१औँ र ८७औँ मिनेटमा गोल गर्दै रियललाई जित दिलाएका छन् ।
  • जारी सिजनमा बार्सिलोनाको यो पहिलो हार हो भने १० खेलपछि उसको २७ अंक छ ।

९ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बहुचर्चित ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमै भएको खेलमा बार्सिलोना २-१ ले पराजित भएको हो । जारी सिजनमा बार्सिलोनाको यो पहिलो हार हो ।

खेलमा सुरुवाती अग्रता रियलले नै लिएको थियो । ४१औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६१औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले खेलमा फर्किने संकेत गरेको थियो तर ८७औं मिनेटमा एमबाप्पेले फेरि गोल गर्दै टोलीको जित पक्का गरे ।

जितका बाबजुद रियल तेस्रो स्थानमा नै सीमित छ । १० खेलबाट रियलको २४ अंक भएको छ । बार्सिलोना २७ अंकसहित शीर्षस्थानमै छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको २५ अंक छ ।

एल क्लासिको बार्सिलोना रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय