+

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ

२०८३ कात्तिक  ८ गते २२:३८ २०८३ कात्तिक ८ गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ।
  • फेमस स्टिल लगातार दोस्रो सिजन जनकपुरसँग जोडिँदै यस सिजन टोलीको प्लाटिनम प्रायोजक तथा किचन एन्ड होम अप्लायन्स पार्टनर बनेको छ।
  • जनकपुरले तेस्रो सिजनका लागि बसिर शेखलाई रिलिज गर्दै ललित राजवंशीलाई मार्की खेलाडी र हर्मित सिंहलाई कप्तान बनाएको छ।

८ कात्तिक, काठमाडौ् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ। फेमस स्टिल लगातार दोस्रो सिजन जनकपुरसँग जोडिएको हो।

आइतबार आयोजित कार्यक्रममा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा र फेमस स्टिल एन्ड होम अप्लायन्सका प्रबन्ध निर्देशक शाहिद अख्तरले सम्झौतामा हस्ताक्षर गरे। यस सिजन फेमस स्टिल जनकपुरको प्लाटिनम प्रायोजक तथा किचन एन्ड होम अप्लायन्स पार्टनर बनेको छ।

सम्झौताअनुसार फेमस स्टिलको लोगो जनकपुर बोल्ट्सको जर्सीको अगाडिको दायाँ भागमा रहनेछ। कार्यक्रममा फेमस स्टिलको लोगो अंकित टोलीको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो।

सम्झौतापछि फेमस स्टिलका प्रबन्ध निर्देशक अख्तरले लगातार दोस्रो सिजन जनकपुरसँग सहकार्य गर्न पाउँदा गौरव लागेको बताए। उनले एनपीएल विस्तार हुँदै जाँदा जनकपुरसँगको सहकार्य पनि थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले यस सिजन जनकपुरले उपाधि जितेर पहिलो सिजनको सफलता दोहोर्‍याउने अपेक्षा पनि राखे।

जनकपुरका प्रमुख कार्यकारी अधिकृत खतिवडाले फेमस स्टिलसँगको निरन्तर सहकार्यले टोलीलाई राम्रो प्रदर्शन गर्न सहयोग पुग्ने बताए। उनले जनकपुरले दुई सिजनमा विभिन्न उतारचढाव बेहोरेको उल्लेख गर्दै तेस्रो सिजन नयाँ सोच र लक्ष्यका साथ मैदानमा उत्रने बताए।

‘पहिलो सिजन राम्रो सुरुवात गर्दै उपाधि जित्यौँ। दोस्रो सिजन नचाहँदा पनि राम्रो भएन। क्रिकेटमा जितहार हुन्छ। दुई सिजन उतारचढाव भयो तर यो सिजन विशेष बनाउन चाहन्छौँ। किनकि कमब्याक सधैँ विशेष हुन्छ,’ खतिवडाले भने।

जनकपुरले तेस्रो सिजनका लागि टोलीमा परिवर्तनसमेत गरेको छ। पहिलो र दोस्रो सिजन मार्की खेलाडी रहेका बसिर शेखलाई रिलिज गर्दै ललित राजवंशीलाई नयाँ मार्की खेलाडी बनाएको जनकपुरले भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ। न्युजिल्यान्डका जिम्मी निशम पनि यस सिजन जनकपुरमै फर्किएका छन्।

सम्झौता कार्यक्रममा जनकपुरका विदेशी खेलाडी इफ्तिखर अहमद, मयन यादव, तृतराज दास तथा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलगायत उपस्थित थिए।

जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय