News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ ।
- नेपालको होरा ईस्पोर्ट्स चौथो भयो, जबकि टीटूके सर्भाइभल स्टेजबाट बाहिरिएको छ ।
- होराले पहिलो दिन ५७ अंक जोडेर म्याच पोइन्ट ६७ कटाए पनि अन्तिमसम्म चिकेन डिनर जित्न सकेन ।
७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो ।
फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन ।
फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको थियो। त्यसपछि म्याच पोइन्ट ६७ तय भएको थियो ।
६७ अंक कटाउने टिमले त्यसपछिका जुनसुकै खेलमा चिकेन डिनर जितेमा उपाधि पक्का हुने प्रावधान थियो । होराले ६७ अंक कटाएपनि चिकेन डिनर भने जित्न सकेन ।
प्रतियोगिताको उपाधि विजेता टुङ्गो लाग्न भने १२औं खेलसम्म कुर्नुपरेको थियो । १२औं खेलमा पुग्दासम्म होरासहित १० टोलीले ६७ अंकको थ्रेसहोल्ड कटाएर उपाधि जित्न योग्य भएका थिए ।
१२औं खेलमा पुगेर वुल्भ्स ईस्पोर्ट्सले चिकेन डिनर जित्दै उपाधि जित्न सफल भयो । वुल्भसले ११औं खेलमा मात्र म्याच पोइन्ट कटाएर उपाधिका लागि योग्य भएको थियो ।
त्यसबीचमा पुछारमा रहेको आईएनएफले भने लगातार दुई चिकेन डिनर जित्दै उपाधि सम्भावना बलियो बनाएको थियो । १२औं खेलमा पनि चिकेन डिनरको नजिक पुगेको आईएनएफले चिकेन जित्न सकेन ।
होरा पनि ११औं खेलमा चिकेन डिनरको नजिक पुग्दा आईएनएफबाटै इलिमिनेट भएको थियो ।
नेपालको अर्को टोली टीटूके भने सर्भाइभल स्टेजबाट बाहिरिएको थियो ।
प्रतिक्रिया 4