+

काठमान्डुको धारिलो बलिङसामु विराटनगर ८३ रनमा अलआउट

२०८३ कात्तिक  १९ गते १८:३३ २०८३ कात्तिक १९ गते १८:३३

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजका बलरले सानदार प्रदर्शन गर्दा विराटनगर किंग्स बिहीबार एनपीएलमा १९.३ ओभरमा ८३ रनमा अलआउट भयो ।
  • विराटनगरका रुपेश सिंहले २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोडे ।
  • काठमान्डुका सन्तोष यादवले ३ विकेट लिए, सहान अराचिगे र जहानदान खानले २-२ विकेट लिए ।

१९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए भने इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खातासमेत खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

विराटनगरका लागि पहिलो विकेटका शेहान जयासूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि साझेदारी गर्न संघर्ष गरेको विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् ।

आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गरे ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिए ।

एनपीएलमा विराटनगरको यो दोस्रो कम स्कोर हो । यसअघि सन् २०२५ मा भएको एनपीएलको दोस्रो संस्करणको क्वालिफायर वानमा विराटनगर सुदूरपश्चिम रोएल्ससँग ७८ रनमा अलआउट भएको थियो।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय