+

परीक्षण भयो लुम्बिनीको ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य

२०८३ कात्तिक  १९ गते १४:०९ २०८३ कात्तिक १९ गते १४:०९

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले कीर्तिपुरमा भएको एनपीएल खेलमा जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो।
  • लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने जनकपुरका स्पीनरले ४ विकेट लिए।

१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए ।

१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।

जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट लिए ।

सुरुवाती दुई खेलमा लुम्बिनीले विपक्षीलाई क्रमश: ८७ र ९७ रनमा अलआउट गर्दा ब्याटिङमा खासै मिहिनेत गर्नुपरेको थिएन । पोखराविरुद्धको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङमा खासै टेष्ट नभएको बताएका थिए । तर, जनकपुरविरुद्धको खेलमा भने पहिलो बलदेखि नै विकेट गुमाएको लुम्बिनीका १० खेलाडी ब्याटिङ लागि क्रिज पुग्नुपरेको थियो ।

एनपीएल जनकपुर बोल्ट्स लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय