+

आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने

२०८३ कात्तिक  १९ गते ७:४४ २०८३ कात्तिक १९ गते ७:४४

१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

उक्त प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।

आज उद्घाटनको दिन दुई खेल हुँदैछन् । मलेसिया र श्रीलंकाबीच तथा अफगानिस्तान र बंगलादेशबीच बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।

यु-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय