+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंबाट छैटौंमा झरे

२०८३ कात्तिक  १८ गते १४:२३ २०८३ कात्तिक १८ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२०आई अलराउन्डर वरियतामा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै छैटौंमा पुगेका छन् ।
  • उनको रेटिङ अंक २५५ यथावत् छ भने अजमतुल्लाह ओमरजाइ तीन स्थान उक्लँदै तेस्रोमा पुगेका छन् ।
  • जिम्बाबेका सिकन्दर राजा ३३१ अंकसहित शीर्ष स्थानमा यथावत् छन् भने पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा कायम छन् ।

१८ कात्तिक, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ कायमै छ ।

नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका अजमतुल्लाह ओमरजाइले भर्खरै जिम्बाबेसँगको  टी-२०आई शृङ्खलामा खेलेका थिए ।

त्यहाँ गरेको प्रदर्शनका आधारमा ३ स्थान माथि उक्लँदै ओमरजाइ तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३३१ पुगेको छ ।

दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब नै कायम छन् । चौथोमा रस्टन चेज र पाँचौंमा विल ज्याक्स छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय