पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियनसिपको उपाधि जिताएका थिए । उनको कप्तानीमा पोर्चुगलले पहिलोपटक उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।
पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा नर्वेविरुद्धको खेलमा सहभागी नभएपछि रोनाल्डो पोर्चुगलको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए । नेसन्स लिगअन्तर्गत उक्त खेलमा पोर्चुगलले नर्वेलाई २–१ गोलले हराएको थियो ।
खेल सकिएपछि उनी सिधै ड्रेसिङ रुम पुगेका थिए । ओस्लोमा उपस्थित समर्थकलाई अभिवादन गर्न मैदानमा पुगेका आफ्ना सहकर्मीसँग पनि उनी सहभागी भएनन् ।
त्यस घटनापछि रोनाल्डोलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध र जरिवाना गरिएको थियो । उनले प्रशिक्षक जोर्गे जेसुसमाथि आफूलाई गरेका वाचा पूरा नगरेको आरोप लगाएपछि विवाद थप चर्किएको थियो ।
-ईएसपीएनबाट
प्रतिक्रिया 4