Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
आजबाट नयाँ शैक्षिक सत्र, देशभर भर्ना अभियान सुरु

१ असार, काठमाडौं । विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक […]

राखेप सदस्यसचिवबारे मन्त्री मनाङेको आपत्तिजनक अभिव्यक्ति

१ असार, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको छ । समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति […]

खोप खरिदमा भएन ‘ब्रेक थ्रु’, राष्ट्रपतिको चिठ्ठीप्रति चिसो प्रतिक्रिया

१ असार, काठमाडौं । गत जेठ १४ गते निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोपबारे १५ दिनभित्र ‘ब्रेक थ्रु’ हुने बताएका थिए । खोपका लागि चीन, बेलायत, अमेरिका र रुससँग औपचारिक तथा अनौपचारिक रुपमा कूटनीतिक पहल भइरहेको र छलफल सकारात्मक रहेको उनको दाबी थियो । खोप खरिदका लागि विशेषगरी चीन र अमेरिका केन्द्रित रहेको भन्दै […]

सातवटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै

१ असार, काठमाडौं । सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा […]

परराष्ट्रमा ज्ञवालीको तीन वर्ष : पार्टी विभाजनको असर विदेश नीतिमा देखियो

१ असार, काठमाडौं । २०७४ सालमा नेपालले लामो समयपछि झण्डै दुई तिहाइ बहुमतको स्थायी सरकार पायो । राजनीतिक स्थायित्व, समृद्धि र विकासको आश्वासन सहित बनेको सरकारप्रति जनअपेक्षा चुलिनु स्वाभाविक नै थियो । राष्ट्रिय जीवनका अन्य क्षेत्रमाझैं परराष्ट्र नीति-सम्बन्ध पनि बलियो बन्ने अपेक्षा थिए । विगतमा बारम्बार भएको सरकार परिवर्तनले यो क्षेत्रलाई नराम्ररी बिथोलेको थियो । […]

लुम्ले र घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

१ असार, काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ […]

खोपमा पहुँचवालाको रजाइँ रोक

कोभिड-१९ को संक्रमणबाट बच्ने र संक्रमण भइहाले पनि गाह्रो नहुने भएकाले हरेक नागरिकले खोप लगाउने चाहना राख्नु स्वाभाविक हो । तर, संसारभर खोपको उपलब्धतामा कमी छ । हामीकहाँ त हाहाकारको अवस्था छ भन्दा फरक पर्दैन । त्यसैले विश्व स्वास्थ्य संगठनले हमेसा भनिरहेको छ- खोप एकदमै प्रभावकारी र निष्पक्ष रुपमा वितरण गर्नुपर्छ, ताकि बढीभन्दा बढी मानिसको […]

मुस्ताङको लुप्रा खोलामा लेदोसहित बाढी

३१ जेठ, पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका […]

माधव नेपालको निवासमा देउवा र प्रचण्ड

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका […]

गिट्टी-बालुवा : अवैध उत्खनन र कारोबारमा छुट, उपभोक्तामाथि लुट

३१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा एक टिपर गिट्टीको मूल्य गुणस्तर र गन्तव्य स्थान अनुसार २६ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्छ । बालुवाको २२ हजारदेखि २५ हजार र ढुंगाको १६ हजारदेखि १८ हजारसम्म पर्छ । क्रसर उद्योगहरूले सामान झारेपछि बालुवाको करीब पाँच हजार, गिट्टीको सात हजार र ढुंगाको चार हजारको बिल थमाउँछन् । सर्वसाधारण उपभोक्ता […]

एमबीबीएस अध्यापनको सिट : कर्णालीले पायो २०, महाराजगञ्जलाई १०० (सूचीसहित)

३१ जेठ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि सिट तोकेको छ, जसमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ । यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ । महाराजगञ्जले ४३ वर्षपछि १०० सिट […]

पटक-पटक भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

३१ जेठ, वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले एउटै विद्यार्थीसँग पटक पटक भर्ना शुल्क असुल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले असार ७ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरु, वीरगञ्ज महानगरपालिका, शिक्षा विकास तथा […]

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

३१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो । थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले […]

माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष

३१ जेठ, बुटवल । कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए । शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि […]

भेरी अस्पतालको ओपीडी सेवा भोलिदेखि सञ्चालनमा आउने

३१ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालले मंगलबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा संक्रमितको चाप घट्दै गएपछि ओपीडी सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘अस्पतालमा सोमबार ७३ जना मात्रै बिरामी उपचाररत छन् । अस्पतालमा संक्रमितको चाप घट्दै गएका कारण ओपीडी सेवा […]

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब

३१ जेठ, काठमाडौं । कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा राम्रो सुधार देखिएको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भएको छ । यो गत आर्थिक वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । […]

भीमफेदी–कुलेखानीमा पोष्टबहादुरको नामबाट सुरुङमार्ग नबनाउन माओवादीको माग

३१ जेठ, काठमाडौं । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा भीमफेदी–कुलेखानी खण्डमा बन्ने ‘पोस्टबहादुर बोगटी’ सुरुङ मार्ग बनाउन सुरु गर्ने घोषणा गर्‍यो । यो सुरुङमार्गको आर्थिक र सञ्चालन सम्भाव्यतामाथि प्रश्न उठिरहेकै थियो, अहिले भने प्रस्तावित सुरुङमार्गबारे राजनीतिक रूपमै विवाद सुरु भएको छ । माओवादी नेता पोस्टबहादुर बोगटीको नाममा राखिएको यो सुरुङमार्ग […]

सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय 

३१ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर […]

एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा

३१ जेठ, काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए ।  पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको […]

महामारी पीडित परिवारलाई नगद राहत, फ्रन्टलाइनरलाई पुरस्कार

३१ जेठ, पोखरा । नेपाली कांग्रेस नेतृत्वको नवगठित सरकारले दुई दिनमै ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सीता पौडेलले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा कोभिड–१९ संक्रमणबाट अभिभावक गुमाएका बालबालिकादेखि संक्रमणका कारण जीवन गुमाएका […]

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]