+
+
Shares

भोटेकोशी बाढीमा बेपत्ता गोविन्दका परिवारलाई स्वतन्त्र चालक संघको सहयोग

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता गंगाजमुना गाउँपालिका-६ का गोविन्द विकको परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १८:५२

४ मंसिर, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता गंगाजमुना गाउँपालिका-६ का गोविन्द विकको परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ। स्वतन्त्र चालक संघ नेपालले विकको परिवारलाई खाद्यन्न सहयोग गरेको हो।

हाल गोरखा नगरपालिका-६ कालिमाटीमा बसोबास गर्दै आएको विकको परिवारलाई संघले आज ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण सहयोग गरेको छ।

विक बेपत्ता भएसँगै परिवारलाई दैनिक जीविकोपार्जनमा राहत पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ। राहत वितरण कार्यक्रममा स्वतन्त्र चालक संघ नेपालका केन्द्रीय महासचिव हिमाल विश्वकर्मा, चितवन जिल्ला कोषाध्यक्ष समीर अधिकारी तथा सदस्य राजकुमार विकलगायत उपस्थित भए।

‘पेशागत मर्यादा, कर्तव्य र अधिकार’ भन्ने मूल नाराका साथ २०७९ मा स्थापना भएको संघले विपद्‌मा पीडित परिवारलाई मानवीय सहायतास्वरूप खाद्यान्न उपलब्ध गराइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?