+
+
Shares

पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?

बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १६:१८

६ मंसिर, काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकारीले बताए । बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।

प्रभु बैंकबाट ३४ करोड ऋण लिएर प्रयोजनविपरित खर्च गरेको आरोप उनीहरूमाथि छ ।

बानियाँ निर्माण सेवा प्राली, भूगर्भ सिमेन्ट कम्पनी, बानियाँ सप्लायर्स प्रालिका नाममा कर्जा गएको थियो ।

उक्त कर्जा भने एउटा प्रयोजनका लागि भनेर अर्को प्रयोजनमा खर्च गरिएको सीआईबीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?