+
+
Shares

बूढानीलकण्ठको नारायणस्थानमा भक्तजनको भिड(तस्वीरहरू)

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ मंसिर ४ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व तुलसीसँग भगवान् दामोदरको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।
  • हरिबोधिनी एकादशीमा काठमाडौंको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।
  • काठमाडौं उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

४ मंसिर, काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ ।

एकादशीको अवसरमा काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौं उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

यी चार नारायण जान नसक्नेले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?