+
+
Shares

आईजीपी विवाद : प्रहरी हेडक्वाटरले पत्र नबुझेपछि सर्वोच्चले संशोधन गरेर पठायो

भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र बुझेको थिएन । त्यसपछि आज शुक्रबार संशोधन गर्दै अर्को पत्र पठाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले भाषा संशोधन गर्दै प्रहरी प्रधान कार्यालयलाई पुनः सूचना म्याद पठाएको छ।
  • निर्वतमान आईजीपी दानबहादुर कार्कीको रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाउँदै १५ दिनभित्र लिखित जवाफ मागेको थियो।
  • पहिलो पत्रमा ‘बढुवा गरिएका भनिएका’ भन्ने भाषा नमिलेपछि प्रहरी प्रधान कार्यालयले पत्र नबुझेको थियो।

४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र नबुझेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुन: पत्र पठाएको छ ।

निर्वतमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पठाउन समेत आदेश गरेको थियो ।

उक्त आदेशअनुसार सर्वोच्च प्रशासनले बिहीबार सूचना म्याद जारी गरिएको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । अदालतमा शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको थियो ।

पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको नाउँमा जारी भएको सूचना म्याद’ लेखिएको थियो ।

तर, यो भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र बुझेको थिएन । त्यसपछि आज शुक्रबार संशोधन गर्दै अर्को पत्र पठाएको हो ।

जहाँ यसअघिको पत्रमा लेखिएको बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीको ठाउँमा संशोधन गर्दै ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरिएको छ ।

यस्तो छ संशोधित पत्र–

यस्तो छ सुरूमा सर्वोच्चले पठाएको पत्र–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?