+
+
Shares

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते ११:५७

६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवले आज बिहान शपथ लिएका हुन् ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णबाट पूर्वनिर्धारित कार्यक्रम अनुसार भएको शपथ समारोहमा जनमतका तर्फबाट चन्दनकुमार सिंह मात्र उपस्थित थिए ।

पूर्व मुख्यमन्त्रीको रूपमा जसपा नेपालकै लालबाबु राउत सहभागी थिए । जसपा नेपालकै नेता तथा सांसद भए पनि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल पनि सहभागी थिएनन् ।

यद्यपि शपथग्रहण पश्चात नवनियुक्त मुख्यमन्त्री यादवले यसैलाई सर्वदलीय सरकारको रूप दिने बताए ।

उनले एकसाताभित्र विश्वासको मत लिने पनि बताएका छन् । तर, शपथग्रहण समारोहमा जनमत बाहेकका दल नआउनुले उनलाई विश्वासको मत लिन चुनौती नै देखिन्छ ।

गत मंसिर ४ गते अपराहन्न ४ बजेसम्मको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजि सरकार गठनका लागि दिएको समय सीमाको अन्तिम समयमा एमाले, कांग्रेस र नेकपा संसदीय दलको नेता पुगेर प्रदेश प्रमुखलाई समय थप्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?